आमा छोरीको पवित्र नाता हुन्छ भन्ने मान्यतामा दरार आउने गरि चीनमा एक अनौठो घटना सार्वजनिक भएको छ । १६ वर्षीया एक युवतीले आफ्नी आमासँग उनको श्रीमान मात्र खोसिनन्, उनको बच्चाको आमा पनि बनेकी छिन् । यति मात्र हैन, उनले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै आमाले प्रहरीमा उजुरी समेत दिएकी छिन् । जियाङ्गजी राज्यको ग्वान्झाओ शहरमा बस्ने फेंगटिंग करिब २ वर्षदेखि आफ्नो सौतेनी बाबु ३४ वषर्ीय लियु गुओचांगसँग प्रेममा थिइन् । यसक्रममा उनले एक बच्चासमेत जन्माएकी छिन् ।

आफ्नो प्रेमी एवं सौतिनी बाबुलाई आमाले छोडपत्र गरोस् भन्ने फेंगटिंग चाहन्छिन् । फेंगटिंगकी आमा हुआङ अर्को शहरमा काम गर्छिन् र उनले कहिल्यै आफ्नो श्रीमान र छोरीबीच प्रेम सम्वन्ध रहेको आशंका गरिनन् । एक दिन उनले छोरीले आफ्नो श्रीमानलाई लेखेको प्रेमपत्र पढेपछि उनी छाँगाबाट खसे झैँ भइन् ।

लियु प्रहरीको पुगिन् र श्रीमानविरुद्ध मुद्दा हालिन् । उनलाई प्रहरीले पक्राउ गरेको छ र नाबालिगलाई बलात्कार गरेको आरोपमा ११ वर्ष जेल सजाय सुनाएको छ । सहमतिमा नै यौन सम्वन्ध राखेको भन्दै उनले बलात्कारको आरोपको खण्डन गर्दै आएका छन् ।